काठमाडौँ । सरकारले बागमती नदी किनारस्थित थापाथली सुकुमबासी बस्ती खाली गर्न दिएको अल्टिमेटमपछि स्थानीय बासिन्दाले आफ्ना सामान सार्न थालेका छन्।
सरकारले साँझ ७ बजेसम्म बस्ती खाली गर्न समय दिएको थियो। त्यसपछि प्रहरीले माइकिङ गर्दै शुक्रबार साँझभित्रै बस्ती छाड्न आग्रह गरेको हो।
शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै अधिकांश परिवारले आफ्नो सामान सुरक्षित स्थानतर्फ सारिरहेका छन्।


