विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घटिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँमा झरेको छ।
यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा ७५ रुपैयाँले कम हो।
केही दिनयता बजारमा सुनचाँदीको मूल्य लगातार ओरालो लागिरहेको देखिएको छ।


