कप्तान श्रेयस अय्यरको अविजित शतकप्रेरित पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई सात विकेटले हराउँदै आईपीएल–२०२६ को प्लेअफ सम्भावना कायम राखेको छ।
१९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमै तीन विकेट गुमाएर पूरा गर्यो। श्रेयसले अविजित १०१ रन बनाउँदा प्रभसिम्रन सिंहले ६९ रनको योगदान दिए।
जितसँगै पन्जाब १५ अंकसहित चौथो स्थानमा पुगेको छ भने लखनउ आठ अंकसहित लिगबाट बाहिरिएको छ।


