Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालाजुबाट लागुऔषधसहित एक भारतीय र दुई नेपाली पक्राउ

बालाजुबाट लागुऔषधसहित एक भारतीय र दुई नेपाली पक्राउ

काठमाडौँ — बालाजु गंगाजमुना मार्गबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय आदित्य मण्डल (धनुषा), शम्भु कार्की (सिन्धुली) र भारतीय नागरिक जितु कुमार राय (सितामढी) रहेका छन्।

तलासीमा १८ ग्राम खैरो हेरोइन जस्तो पदार्थ, नगद ५६ हजार ८९५ रुपैयाँ नेपाली र २ हजार ८ सय भारतीय रुपैयाँ, साथै ३ मोबाइल फेला परेको छ। उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतले ६ दिन अनुसन्धान म्याद थप अनुमति दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *