काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्ने सिफारिस रामचन्द्र पौडेलले होल्डमा राखेका छन्।
चैत १ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार सिफारिस चैत ३ मा राष्ट्रपति कार्यालय पुगे पनि हालसम्म निर्णय भएको छैन। स्रोतका अनुसार नयाँ सरकार बनेपछि मात्र यसबारे निर्णय गरिने तयारी छ।
अर्याललाई गृहमन्त्री रहँदै सिफारिस गरिएको विषयमा आलोचना भइरहेको छ भने यसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ।


