Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बिदाको दिनको भट्टको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ सोमबारका लागि सारियो

बिदाको दिनको भट्टको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ सोमबारका लागि सारियो

काठमाडौं — सम्पत्ति शुद्धीकरण आरोपमा थुनामा रहेका व्यवसायी दीपक भट्टको रिहाइ माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ स्थगित भएको छ।

शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिट कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको थियो। तर, ‘हेर्न नमिल्ने’ कारण देखाउँदै पेसी आगामी सोमबारका लागि सारिएको छ।

भट्टलाई यसअघि काठमाडौं जिल्ला अदालतले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले चैत १९ गते काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो। रिटमार्फत थुना गैरकानुनी रहेको दाबी गर्दै रिहाइको माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *