त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। २२ वर्षीय अक्षय कुमारलाई बैंककबाट काठमाडौं आएका क्रममा विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
उनबाट ८ किलो ५६० ग्राम गाँजा बरामद भएको छ। पक्राउ परेका व्यक्तिमाथि लागु औषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको छ।


