काठमाडौं, जेठ १९ — भारत भ्रमणमा रहेका रवि लामिछाने नयाँ दिल्लीस्थित भाजपा मुख्यालय पुगेका छन्, जहाँ उनको पुष्पवृष्टि, बाजागाजा र सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको छ।
भाजपा नेता नितिन नविन ले लामिछानेलाई फूलगुच्छा प्रदान गर्दै स्वागत गरेका थिए। भेटका क्रममा दुई पक्षबीच आपसी सम्बन्ध र राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।


