Friday, June 05, 2026
Home > खेलकुद समाचार > भानुआटु ९७ रनमै रोकियो, नेपाललाई ९८ रनको लक्ष्य

भानुआटु ९७ रनमै रोकियो, नेपाललाई ९८ रनको लक्ष्य

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् महिला च्यालेन्ज ट्रफीमा भानुआटुले नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।

रुवान्डाको गाहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको भानुआटुले २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो।

भानुआटुकी ओपनर भालेन्टा लागिंआटुले सर्वाधिक ४२ रन बनाइन्। नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने अन्य बलरहरूले पनि एक–एक विकेट लिए।

नेपाल लगातार तेस्रो जितको लक्ष्यमा छ भने भानुआटु पहिलो जितको खोजीमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *