Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुमबासी मोर्चाको रास्वपासमक्ष चारबुँदे माग

सुकुमबासी मोर्चाको रास्वपासमक्ष चारबुँदे माग

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमक्ष चारबुँदे माग प्रस्तुत गरेको छ।

मोर्चाले बस्ती हटाउने सूचना तत्काल फिर्ता लिन, भूमि समस्या समाधान आयोगको काम सुरु गर्न, भूमि तथा आवास अधिकार सुनिश्चित गर्न र जबर्जस्ती विस्थापन रोक्न माग गरेको छ।

वैकल्पिक बसोबास बिना कठोर निर्णय गरिएको भन्दै मोर्चाले सरकारको बस्ती खाली गराउने तयारीप्रति आपत्ति जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *