Monday, June 15, 2026
Home > राष्ट्रिय समाचार > भारतको अवरोधपछि इलामका चिया उद्योग बन्द

भारतको अवरोधपछि इलामका चिया उद्योग बन्द

नेपाली चिया निर्यातमा भारतले गुणस्तर परीक्षणका नाममा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योग सोमबारदेखि बन्द भएका छन्।

निकासी रोकिएपछि उत्पादन थन्किने र बजार नपाउने अवस्था बनेपछि उद्योगीहरूले उद्योग सञ्चालन नै बन्द गर्न बाध्य भएको बताएका छन्। झापाका सीटीसी चिया उद्योग पनि केही दिनभित्र बन्द हुने तयारीमा छन्।

भारततर्फ ९० प्रतिशत निर्यात हुने नेपाली चिया अहिले नबिक्दा हजारौँ मजदुर र किसान प्रभावित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *