Friday, June 05, 2026
Home > स्थानीय समाचार > भारततर्फ तस्करी गर्न लागिएको ३ लाख बढीको स्याउ झापामा बरामद

भारततर्फ तस्करी गर्न लागिएको ३ लाख बढीको स्याउ झापामा बरामद

झापा । भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ३ लाख २४ हजार रुपैयाँ बराबरको स्याउ प्रहरीले बरामद गरेको छ।

झापा गाउँपालिका–१ बिलाइतिबारीस्थित एक घरमा छापा मार्दा बिलबिजकविहीन ५४ कार्टुन स्याउ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद स्याउको तौल १ हजार ८० किलो रहेको छ।

बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त टोलीले विशेष सूचनाका आधारमा स्याउ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *