Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हर्क साम्पाङ: सिंहदरबारका क्षतिग्रस्त भवन श्रमदानबाट पुनर्निर्माण गर्छौं

हर्क साम्पाङ: सिंहदरबारका क्षतिग्रस्त भवन श्रमदानबाट पुनर्निर्माण गर्छौं

काठमाडौं । हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र क्षति भएका भवन पुनर्निर्माणको जिम्मा आफूलाई दिन सरकारसँग आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अवसर पाए श्रमदानमार्फत भवन पुनर्निर्माण गरेर देखाउने बताएका हुन्।

प्रि–बजेट छलफलमा सहभागी साम्पाङले आफ्नो निर्वाचन क्षेत्रसहित देशका विभिन्न विकास निर्माण योजनाका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *