बागमती, १३ वैशाख। मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै फर्किएका छैनन्। गत भदौ २४ गते राति ४४० कैदीबन्दी भागेकामध्ये हालसम्म २९४ जना मात्र कारागार फर्किएका छन्।
कारागार प्रमुख सुवास पौडेलका अनुसार फरारमध्ये विदेशी कैदीबन्दी पनि अझै धेरै फर्किएका छैनन्। सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदी नियन्त्रणमा लिने क्रम जारी राखेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार कैदीको खोजी कार्य तीव्र बनाइएको जनाएको छ।


