Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भेपभित्र सुन तस्करी प्रकरणमा उजुरी दिने भन्सार कर्मचारीमाथि नै भ्रष्टाचार मुद्दा दायर

भेपभित्र सुन तस्करी प्रकरणमा उजुरी दिने भन्सार कर्मचारीमाथि नै भ्रष्टाचार मुद्दा दायर

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भएको भेप (विद्युतीय चुरोट)भित्र लुकाइएको सुन तस्करी प्रकरणमा प्रमाण जुटाउने र उजुरी दिने कर्मचारीमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसहित तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूकै उजुरीका आधारमा सुरुमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान अघि बढाएको थियो।

०८० पुसमा ७३० भेपका बट्टाबाट सुन गायब भएको र त्यसमा भन्सारका कर्मचारी र सुरक्षागार्डको मिलेमतो देखिएको अनुसन्धानमा खुलेको थियो। हाल एक कर्मचारी जेलमा छन् भने अन्यमाथि मुद्दा चलिरहेको छ।

यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा पनि मुछिएका थिए। अख्तियारले २९ जनाविरुद्ध करिब ७.७८ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *