Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > ‘लालीबजार’ प्रदर्शनमा अदालतको रोक, २२ वैशाखसम्म स्थगित

‘लालीबजार’ प्रदर्शनमा अदालतको रोक, २२ वैशाखसम्म स्थगित

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले २२ वैशाखसम्म फिल्म प्रदर्शन नगर्न आदेश जारी गरेको हो।

वादी समुदायकी रोशनी नेपालीले फिल्मका केही शब्दप्रयोगप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्।

यम थापा निर्देशित फिल्मलाई सोमबार मात्र केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *