मोरङको सुन्दरहरैँचामा अचेत अवस्थामा भेटिएका करिब ३० वर्षीय मोहन खवासको मृत्यु भएको छ।
उनी आइतबार राति सुन्दरहरैँचा–३ आमजुंगी नजिक सडक किनारमा बेहोस अवस्थामा फेला परेका थिए। उद्धार गरेर कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार उनी स्थानीय क्षेत्रमा मागीखाने काम गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


