Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मनसुन तयारी: २४ घण्टा मौसम र बाढी पूर्वानुमान सेवा सञ्चालन

मनसुन तयारी: २४ घण्टा मौसम र बाढी पूर्वानुमान सेवा सञ्चालन

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले मनसुनलाई लक्षित गर्दै बाढी र मौसम पूर्वानुमान सेवा २४ घण्टा सञ्चालन गर्ने आपत्कालीन योजना सार्वजनिक गरेको छ।

विभागले नियमित बुलेटिन दैनिक दुई पटक र आवश्यक परे ३–५ दिनअगावै चेतावनी जारी गर्ने जनाएको छ। प्रमुख नदीहरूमा ३ दिनअगावै र साना नदीमा २–६ घण्टाअगावै बाढी सूचना दिइनेछ।

जोखिम क्षेत्रका नागरिकलाई टेलिकम र एनसेलमार्फत निःशुल्क SMS अलर्ट, ११५५ टोल–फ्री नम्बर, वेबसाइट र सामाजिक सञ्जालमार्फत जानकारी उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *