Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, व्यवसायीको राहत माग

मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, व्यवसायीको राहत माग

काठमाडौं । निर्माण व्यवसायीहरूले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा परेको भन्दै तत्काल आर्थिक राहतको माग गरेका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा निर्माण कार्य ठप्प हुने अवस्था आएको उल्लेख गरिएको छ।

व्यवसायीहरूले मूल्य समायोजनको व्यवस्था लागू गर्न र सबै ठेक्कामा लागू हुने नीति बनाउन सरकारसँग आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *