Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मन्त्रिपरिषद्को वरीयता फेरबदल

मन्त्रिपरिषद्को वरीयता फेरबदल

काठमाडौं — मन्त्रिपरिषद्को वरीयता फेरबदल गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नयाँ मर्यादाक्रम अनुमोदन गरेका हुन्।

नयाँ वरीयताअनुसार गृहमन्त्री सुधन गुरुङ तेस्रोबाट पाँचौँ स्थानमा झरेका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रोमा उक्लिएका छन् भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथोमा पुगेका छन्।

यसैबीच, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल छैटौँमा झरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी भने अन्तिमबाट उक्लिएर आठौँ स्थानमा पुगेकी छन्।

अहिले वरीयताको पुछारमा श्रममन्त्री दीपककुमार साह रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *