चितवनका सुजन विक पत्नीको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै काठमाडौँको माइतीघरमा एक सातादेखि आमरण अनशनमा छन्। उनीसँगै नवजात शिशु पनि छन्।
उनका अनुसार बकुलहर रत्ननगर अस्पतालमा शल्यक्रियापछि समयमै उपचार नपाउँदा श्रीमती अस्मिता तामाङ विकको मृत्यु भएको हो।
अस्पतालले छानबिन समिति गठन गरेको बताएको छ भने नेपाल मेडिकल काउन्सिलले पनि अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


