काठमाडौं, वैशाख १४ — एमाले सचिव महेश बस्नेतले माइतीघरमा आफ्नी पत्नीमाथि हातपात भएको र उल्टै प्रहरीले उनलाई पक्राउ गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले साइबर ब्युरो जान लागेको क्रममा माइतीघरमा भएको घटनामा केही व्यक्तिबाट गालीगलौज र हातपात भएको दाबी गरेका छन्। सो क्रममा आफ्नी पत्नीसहित केही महिलालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन्।
बस्नेतले घटनालाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। दोषीमाथि कारबाही नभए सशक्त प्रतिरोध गर्ने चेतावनी समेत उनले दिएका छन्।


