काठमाडौं — नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाको छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभा बैठकमा उनले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन आवश्यक रहेको बताउँदै क्षतिग्रस्त संरचना पुनर्निर्माणको योजनाबारे पनि प्रश्न उठाइन्।
उनले ऐतिहासिक सिंहदरबार कहिले पुनर्निर्माण हुन्छ भन्नेबारे सरकारसँग जानकारी माग गरेकी छन्।


