मिथिलाञ्चल क्षेत्रमा आजदेखि चार दिने चैती छठ पर्व विधिवत् सुरु भएको छ। महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा श्रद्धापूर्वक पर्व मनाइँदैछ।
पोखरी, नदी र जलाशय किनारमा मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित भक्तजनको घुइँचो लाग्ने गर्छ।
पहिलो दिन ‘नहाःखा’, दोस्रो दिन ‘खर्ना’, तेस्रो दिन साँझ अर्घ र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गरिन्छ।


