Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपाको सन्देश: “राजनीतिक नियुक्ति लिएकाले मार्ग प्रशस्त गरून्”

रास्वपाको सन्देश: “राजनीतिक नियुक्ति लिएकाले मार्ग प्रशस्त गरून्”

काठमाडौं, चैत ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्ला सरकारबाट राजनीतिक नियुक्ति लिएकाहरूलाई स्वेच्छाले राजीनामा दिई नयाँ सरकारलाई काम गर्न सहज बनाइदिन आग्रह गरेको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार विगतमा योग्यता र क्षमताभन्दा राजनीतिक पहुँचका आधारमा नियुक्ति भएकोप्रति जनस्तरमा असन्तुष्टि रहेकाले नयाँ जनादेशअनुसार सुधार आवश्यक छ। उनले औपचारिक रूपमा राजीनामा माग नगरे पनि सम्बन्धित व्यक्तिहरूले स्वयं मार्ग प्रशस्त गरिदिने अपेक्षा रहेको बताए।

अनौपचारिक रूपमा करिब ११०० जति राजनीतिक नियुक्ति रहेको अनुमान गरिएको छ। रास्वपाले ती पद खाली भए योग्य र सक्षम व्यक्तिलाई नियुक्त गरी परिणाममुखी काम गर्ने विश्वास लिएको छ।

हालैको निर्वाचनमा ठूलो सफलता पाएको रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चैत १३ गते शपथ गराउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *