Friday, June 05, 2026
Home > मुख्य समाचार > मोबाइल वालेटमा बेटिङ संलग्नता पाएपछि कारबाहीको तयारी

मोबाइल वालेटमा बेटिङ संलग्नता पाएपछि कारबाहीको तयारी

काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले मोबाइल वालेटहरू अनलाइन बेटिङ र सट्टेबाजीमा संलग्न भएको पाइएको भन्दै कारबाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लाई निर्देशन दिएको छ।

हालसम्म २६१ बेटिङ एप बन्द भइसकेका छन्। खल्ती जस्ता डिजिटल वालेटहरूबाट अप्रत्यक्ष लेनदेन भएको प्रमाण पाएपछि विज्ञापन बोर्ड र अर्थ मन्त्रालयसँग समन्वय गरी थप निगरानी र आवश्यक कारबाही अघि बढाइने तयारी भइरहेको छ। सरकारले अनलाइन सट्टेबाजी रोक्न राष्ट्र बैंकसँग मिलेर भुक्तानी प्रणालीमा पनि नियन्त्रण गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *