Friday, June 05, 2026
Home > स्थानीय समाचार > ग्राहकको पैसा चोरी गरेको आरोपमा बैंक कर्मचारी पक्राउ

ग्राहकको पैसा चोरी गरेको आरोपमा बैंक कर्मचारी पक्राउ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB), गाईघाट शाखाकी त्रियुगा नगरपालिका-५ निवासी सुनिता बानियाँलाई ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी छिन्।
बैंक व्यवस्थापनले आन्तरिक छानबिन गर्दा रकम दुरुपयोग भएको पुष्टि भएपछि प्रहरीमा उजुरी दिएको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बानियाँलाई नियन्त्रणमा लिएर बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान सुरु गरेको छ।
प्रहरीले यस घटनामा बानियाँ एक्लै संलग्न छिन् वा अन्यको पनि हात छ भन्नेबारे सूक्ष्म अध्ययन गरिरहेको छ।
बैंकको आफ्नै उजुरीका आधारमा भएको यो पक्राउले वित्तीय संस्थाहरूमा कर्मचारीबाट हुन सक्ने जोखिम र आन्तरिक निगरानीको महत्त्वलाई पुनः पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *