Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वैशाखयता ७ हजार भन्दा बढी विपद्का घटना, ४७९ जनाको मृत्यु

वैशाखयता ७ हजार भन्दा बढी विपद्का घटना, ४७९ जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार वैशाखदेखि हालसम्म देशभर ७,२३१ विपद्का घटना दर्ता भएका छन्, जसमा ४७९ जनाको मृत्यु, १,८०० जना घाइते र ३८ जना बेपत्ता भएका छन्।

सबैभन्दा धेरै क्षति आगलागी (३,४८० घटना) र वन डढेलो (२७९) का कारण भएको छ। त्यस्तै, पहिरो ६०४, सर्प दंश ६००, जनावर आक्रमण ५०४, हुरी–बतास ४५१, भारी वर्षा ४४२ र चट्याङ ४०६ घटना भएका छन्।

प्राधिकरणले बढ्दो विपद्का जोखिमप्रति सतर्क रहन र पूर्वतयारीका उपाय अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *