Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राप्रपामा नेतृत्व विस्तार, मुख्यसचिवमा प्रा.डा. खनाल नियुक्त

राप्रपामा नेतृत्व विस्तार, मुख्यसचिवमा प्रा.डा. खनाल नियुक्त

काठमाडौं, जेठ ३, २०८३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्यसचिव पदमा नियुक्त गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले विधानअनुसार खनाललाई मुख्यसचिवमा मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका व्यक्ति हुन्।

हाल उनी राप्रपाको केन्द्रीय सदस्य तथा प्राज्ञिक परिषद्का अध्यक्ष पनि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *