Friday, June 05, 2026
Home > स्थानीय समाचार > रामेछापमा बेरुजु अवस्था: केही सुधार, धेरैमा वृद्धि

रामेछापमा बेरुजु अवस्था: केही सुधार, धेरैमा वृद्धि

रामेछाप — महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार जिल्लाका ८ स्थानीय तहमा कुल १३ करोड ७३ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ। तीन पालिकामा बेरुजु घटे पनि पाँच पालिकामा वृद्धि भएको छ।

गोकुलगंगा गाउँपालिकाले उल्लेखनीय सुधार गर्दै बेरुजु ३.७५ प्रतिशतबाट घटाएर ०.५३ प्रतिशतमा झारेको छ। सुनापती र दोरम्बा शैलुङमा पनि सुधार देखिएको छ।

तर खाँडादेवीमा बेरुजु सबैभन्दा बढी बढेर २.७७ प्रतिशत पुगेको छ। उमाकुण्ड, मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशीमा पनि वृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *