काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारीहरूको लेवी परिमार्जन गरेको छ।
केन्द्रीय समिति बैठकले सांसदहरूको लेवी घटाएर १५ हजार रुपैयाँ तोकेको छ। मन्त्रीले १८ हजार र स्वकीय सचिवले २ हजार रुपैयाँ लेवी तिर्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
यसअघि सांसदको लेवी १६ हजार ५ सय रुपैयाँ थियो भने अन्य पदाधिकारीको दर यथावत् राखिएको थियो।
पार्टीले आन्तरिक आर्थिक व्यवस्थापनलाई पुनर्संरचना गर्दै लेवी प्रणाली परिमार्जन गरेको जनाएको छ।


