काठमाडौँ — सरकारका प्रवक्ता सस्मित पोखरेल ले लिपुलेक क्षेत्रसम्बन्धी सीमा विवादमा नेपाल स्पष्ट रहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि उनले लिपुलेक हुँदै सञ्चालन हुन लागेको कैलाश–मानसरोवर यात्राबारे नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाइसकेको जानकारी दिए।
उनका अनुसार उक्त क्षेत्र नेपाली भूमि भएकोमा सरकार दृढ छ र आफ्नो अडान कूटनीतिक माध्यमबाट पुनः अवगत गराइएको छ। साथै, यस विषयमा परराष्ट्र मन्त्रालय ले पनि औपचारिक धारणा सार्वजनिक गरिसकेको छ।


