Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > लेबनानमा इजरायली आक्रमण: पत्रकारसहित ५ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण: पत्रकारसहित ५ जनाको मृत्यु

लेबनान को दक्षिणी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ।

आक्रमणमा गाडी र भवनलाई लक्षित गरिएको बताइएको छ। केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको र एक पत्रकार घाइते भएपछि पछि ज्यान गएको रिपोर्टमा उल्लेख छ।

इजरायली सेनाले भने यो आक्रमण हिजबुल्लाहको गतिविधि र सम्भावित खतरालाई लक्षित गरिएको दाबी गरेको छ। घटनापछि पत्रकारहरूको सुरक्षाबारे अन्तर्राष्ट्रिय स्तरमा चिन्ता व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *