Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > लेबनानमा इजरायली हवाई आक्रमण, ३९ जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, ३९ जनाको मृत्यु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। मृतकमध्ये बालबालिका पनि रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले सक्साकियेह क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। उता हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ, जसमा इजरायली सैनिकहरू घाइते भएका छन्।

युद्धविराम घोषणा भए पनि इजरायल–हिजबुल्लाह तनाव कायमै छ, र पछिल्लो समय मात्रै हजारौँको ज्यान गएको विवरण सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *