काठमाडौँमा भोलिदेखि सङ्घीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ। भोलि दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।
त्यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्। प्रतिनिधिसभामा नियमावली मस्यौदा र सरकारका विभिन्न अध्यादेशहरू पनि पेश हुने कार्यसूची रहेको छ।
प्रधानमन्त्री र केही मन्त्रीहरूले समेत अध्यादेश पेश गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।


