Friday, June 05, 2026
Home > स्थानीय समाचार > हत्या आरोपमा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष पक्राउ

हत्या आरोपमा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष पक्राउ

कैलाली । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ हत्या आरोपमा पक्राउ परेकी छन्। उनलाई महेन्द्रनगरबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

यो घटना गत वर्ष वैशाखमा बेलौरी–१० मा एक पुरुष जलेको अवस्थामा मृत फेला परेको घटनासँग सम्बन्धित हो। मृतककी पत्नीले नाथविरुद्ध धम्की र षड्यन्त्रको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन्।

हाल नाथको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *