विराटनगर । ५औँ इक्वालिटी कप क्रिकेटको उपाधि विराटनगर हबले जितेको छ।
फाइनलमा राजविराज हबलाई ११ रनले पराजित गर्दै विराटनगरले उपाधि हात पारेको हो। ९८ रनको लक्ष्य पछ्याएको राजविराजले ८६ रन मात्र बनाउन सक्यो।
विराटनगरकी समीक्षा राई प्लेयर अफ द फाइनल घोषित भइन् भने राजविराजकी साक्षी यादव प्लेयर अफ द सिरिज र उत्कृष्ट ब्याटर चुनिइन्।


