Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सही र गलतको बहस आवश्यक, पुराना र नयाँको होइन : दाहाल

सही र गलतको बहस आवश्यक, पुराना र नयाँको होइन : दाहाल

काठमाडौं — नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्’ भन्ने भाष्य गलत भएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले राजनीति पुराना र नयाँको नभई सही र गलतको विषय भएको उल्लेख गरे।

दाहालले रास्वपासँग अघिल्लो संसद्मा राम्रो सहकार्य भएको स्मरण गर्दै सुशासन, सेवा प्रवाह सुधार, ललिता निवास जग्गा फिर्ता र भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा संयुक्त प्रयास गरिएको बताए।

उनले ‘पुराना र नयाँ’को बहसले विभाजन बढाउने तर ‘सही र गलत’को बहसले रुपान्तरण र नयाँ एकताको आधार तयार गर्ने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *