काठमाडौं । संविधान संशोधनका लागि गठन गरिएको कार्यदलले जेनजी अगुवाहरूको बहिष्कारपछि पनि संवाद जारी राख्ने जनाएको छ।
कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिने लक्ष्य रहेको भन्दै छलफलमा सहभागी हुन पुनः आह्वान गरेका छन्।
जेनजी अभियन्ताहरूले भने विगतका सम्झौताहरू कार्यान्वयन नभएको र ६ बुँदे माग पूरा नभएसम्म छलफलमा नबस्ने भन्दै बहिष्कार गरेका छन्।
शाहले अघिल्ला सहमतिहरू कार्यान्वयनको चरणमा रहेको दाबी गर्दै संवादमार्फत समाधान खोजिने बताएका छन्।


