कञ्चनपुर — शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका स्थानीयहरूले पुनर्स्थापनाको माग गर्दै महेन्द्रनगर र जिल्ला प्रशासन कार्यालय अगाडि एक सातादेखि प्रदर्शन र धर्ना जारी राखेका छन्। उनीहरूले चर्को गर्मीको बेवास्ता गर्दै र्यालीदेखि अर्धनग्न प्रदर्शनसमेत गरेका छन्।
विस्थापितहरूले दशकौंदेखि समस्या समाधान नभएको भन्दै तत्काल पुनर्स्थापनाको माग दोहोर्याएका छन्। उनीहरूका अनुसार अहिले तेस्रो पुस्तासम्म आन्दोलनमा सहभागी हुनुपरेको छ।
सन् २०३३ देखि सुरु भएको विस्थापन समस्या अझै समाधान नभएको र विभिन्न आयोगका प्रतिवेदन तथा सिफारिसहरू भए पनि ठोस कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको गुनासो छ। धेरै विस्थापित परिवार अझै शिविर तथा अस्थायी बस्तीमा बस्न बाध्य छन्।


