Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा जुवातास खेल्दै ६ जना पक्राउ

विराटनगरमा जुवातास खेल्दै ६ जना पक्राउ

विराटनगर–९ सोमबारे क्षेत्रमा खाली घरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति विशेष सूचनाका आधारमा पुगेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट तासका बुक, नेपाली ४४ हजारभन्दा बढी नगद र भारतीय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त स्थानमा नियमित रूपमा जुवातास खेल्ने गरिएको पाइएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *