विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेको छ। महानगरले तोकिएको दरभन्दा बढी शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको छ।
निर्धारित दरअनुसार कक्षा ५ सम्म मासिक शुल्क २,५०० देखि ३,१०० रुपैयाँ, कक्षा ६–८ मा ३,१०० देखि ३,८०० रुपैयाँ र कक्षा ९–१२ मा ३,८०० देखि ५,९०० रुपैयाँसम्म तोकिएको छ।
महानगरले अन्य परीक्षा, भर्ना, खेलकुद तथा शैक्षिक सामग्री शुल्क पनि सीमा तोकेको छ। तर अभिभावकहरूले अनुगमन कमजोर हुँदा धेरै विद्यालयले बढी शुल्क लिने गरेको गुनासो गरेका छन्।


