विराटनगरमा सर्वसाधारणका लागि सहज र सस्तो यातायात बनेको सीटी सफारी पछिल्लो समय सडक दुर्घटनाको प्रमुख कारण बन्दै गएको छ।
ट्राफिक प्रहरीका अनुसार लेन अनुशासनको कमी, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र चालकको लापरबाहीका कारण दुर्घटना बढिरहेका छन्। हालै भएका केही दुर्घटनामा मानवीय क्षतिसमेत भएको छ।
प्रहरीले सफारी चालकलाई लक्षित गरेर सचेतना कार्यक्रम र कडा निगरानी बढाए पनि सडक सुरक्षा सुधारका लागि चालक, यात्रु र सम्बन्धित निकाय सबैको जिम्मेवारी आवश्यक रहेको जनाएको छ।


