Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा राष्ट्रिय महिला नेतृत्व सम्मेलन हुँदै

विराटनगरमा राष्ट्रिय महिला नेतृत्व सम्मेलन हुँदै

विराटनगर । आगामी वैशाख २१ गते विराटनगरमा राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन आयोजना हुने भएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको आयोजनामा हुने सम्मेलनमा महिला उद्यमशीलता, नेतृत्व विकास, कृषि र डिजिटल नवप्रवर्तनका विषयमा छलफल गरिनेछ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको छ भने विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *