काठमाडौँ । मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले रौतहटका अतिक्रमित सार्वजनिक जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन्।
अनुगमनपछि उनले प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायलाई अतिक्रमण हटाउने काम छिटो अघि बढाउन आग्रह गरेका हुन्।
गृहमन्त्री महतोले सम्पूर्ण प्रक्रिया आफूले अनुगमन गर्दै प्रगति रिपोर्ट लिने पनि बताएका छन्।


