अधिकतम खुद्रा मूल्य (एमआरपी) विषयलाई लिएर विराटनगरस्थित एकीकृत जाँच चौकीमा रोकिएका ट्रक तथा कन्टेनर नेपालतर्फ प्रवेश पाउने भएकाछन् । गएको केहीदिन यता चौकीमा अधिकतम खुद्रा मूल्यको विषयलाई लिएर करिब ४ सय बढि ट्रक तथा कन्टेनर एकीकृत जाँच चौकीमा रोकिएका थिए। विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सार विभागबाट आएको निर्देशन अनुसार प्रक्रिया पुरा गरि रोकिएका कन्टेनर तथा ट्रकलाई बाहिरि निकाल्न सकिने वातावरण बनेको बताए । उनले भने, ‘आजै विभागबाट यस विषयमा कुरा आएको छ । तेस्रो मुलुकबाट आयात गर्दा आयातकर्ताले अनिवार्य रुपमा अधिकतम् खुद्रा मूल्य लेभल लगाइएको बस्तु हुनुपर्नेछ । उहाँहरुले आयात गर्दा समेत त्यो प्रस्ट हुनुपर्यो । यस विषयमा एक प्रक्रिया पूरा गर्नेगरि विभागले परिपत्र गरेको छ । त्यसैअनुसार अहिले प्रक्रिया पूरा गरि सामान निकाल्ने क्रम हुदैछ ।’


