Friday, June 05, 2026
Home > मुख्य समाचार > विवादित सेयर कारोबारमा ६ व्यापारीको संलग्नता उजागर

विवादित सेयर कारोबारमा ६ व्यापारीको संलग्नता उजागर

काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल समूहसँग जोडिएको विवादित सेयर कारोबारमा थप ६ व्यापारीको संलग्नता देखिएको छ।

धितोपत्र बोर्डको अनुसन्धानले उधारोमा अर्बौंको सेयर किनबेच, रकम नतिरी कारोबार गर्ने र कृत्रिम रूपमा मूल्य बढाउने जस्ता गम्भीर अनियमितता फेला पारेको जनाएको छ।

यस प्रकरणमा शुभी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर र सन्दीप चाचान आरोपितका रूपमा रहेका छन् भने शेखर गोल्छा र रोहित गुप्ता सहयोगीको रूपमा देखिएका छन्।

प्रतिवेदनअनुसार केही ब्रोकरमार्फत बिना भुक्तानी ठूलो रकमको कारोबार गरिएको र सेयर मूल्य कृत्रिम रूपमा बढाइएको आशंका गरिएको छ।

बोर्डले यसलाई गम्भीर वित्तीय कसुर ठहर गर्दै थप अनुसन्धान र कडा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *