नेपाल चिकित्सक संघ ले स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा चिकित्सकमाथि दुर्व्यवहार र धम्की दिइएको घटनापछि संघले यस्तो प्रतिक्रिया दिएको हो।
संघले यस्ता गतिविधिले स्वास्थ्य सेवा प्रभावित हुने भन्दै सुरक्षा सुनिश्चित गर्न र अफवाह फैलाउनेमाथि कानुनी कारबाही गर्न आग्रह गरेको छ।


