Saturday, June 13, 2026
Home > खेलकुद समाचार > विश्वकप २०२६: ब्राजिल–मोरक्को भिडन्त , नेइमार अनुपस्थित रहने सम्भावना

विश्वकप २०२६: ब्राजिल–मोरक्को भिडन्त , नेइमार अनुपस्थित रहने सम्भावना

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतीक्षित खेलमा आइतबार बिहान ब्राजिल र मोरक्को आमनेसामने हुँदैछन्। खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समय अनुसार बिहान ३:४५ बजे सुरु हुनेछ।

ब्राजिलले पाँच पटक विश्वकप जितिसकेको भए पनि पछिल्ला वर्षहरूमा उपाधि जित्न सकेको छैन। यस पटक टोलीले नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा पुनः उपाधि लक्ष्य राखेको छ।

उता मोरक्कोले पछिल्लो विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको थियो र यस पटक पनि ‘डार्क हर्स’ को रूपमा हेरिएको छ।

ब्राजिलका स्टार नेइमार चोटका कारण खेल गुमाउने सम्भावना छ भने मोरक्कोका कप्तान अक्राफ हकिमी र ब्राहिम डियाज प्रमुख आकर्षण हुनेछन्।

त्यसैगरी समूह ‘सी’ कै अर्को खेलमा स्कटल्यान्ड र हाइटीबीच प्रतिस्पर्धा हुनेछ। ५२ वर्षपछि विश्वकपमा फर्किएको हाइटीले पहिलो जितको लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *