जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले पदमुक्त हुनुअघि २१ जनाको नियुक्ति गरेपछि विवाद उत्पन्न भएको छ।
साहले बुहारी प्रियंका महासेठसहित नायव सुब्बा, लेखापाल, इन्जिनियर, खरिदार, चालक र कार्यालय सहयोगीसहित विभिन्न पदमा नियुक्ति गरेका हुन्।
सरकारले केही दिनअघि परिषद्को राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। तर अध्यक्ष साहले पदमुक्त हुनुअघि नियुक्ति गरेपछि कार्यालयमा कर्मचारीबीच विवाद देखिएको छ।
नयाँ नियुक्त कर्मचारीलाई हाजिर गराउन नदिएपछि जिल्ला प्रशासनको रोहवरमा छलफल भएको छ र हाल कार्यालयमा तनाव नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइएको छ।


